१४ बैशाख २०८१, शुक्रबार

विपन्न ७ कन्याको सामुहिक विवाह

sauhik bibah 1140x570 1

महोत्तरी जिल्लाको पिपरा गाउपालिकाले ७ जना कन्याको सोमवार सामुहिक रुपमा विवाह गराएका छन् ।

पिपरास्थित रामनारायण जनता माविको परिसरमा गाउपालिका अध्यक्ष कन्यादान योजना अन्र्तगत सामुहिक विवाह गराइएको हो । मधेसमा विपन्न परिवारलाई छोरीको विवाह गर्न ऋणको भारी बोक्नु पर्ने बाध्यता हटाएर दाइजो उन्मुलन र समाजिक जागरणकालागि गाउपालिकाले सामुहिक विवाह कार्यक्रम ल्याएको पिपरा गाउपालिका अध्यक्ष विक्रम चौधरीले बताए ।‘ गाउपालिका भित्र रहेका गरीब परिवारका ७ जना छोरीलाई एकै साथ गाउपालिकाको खर्चमा विवाह गराएर कन्यादान गरेको उनले बताए । ७ जना छोरीको कन्यादान गर्ने अवसर मिल्नु भाग्यको कुरा हो’ उनले भने, कन्या लक्ष्मी हुन् र उनी समस्या होइन् भने सन्देश प्रवाहित भएकोछ ।

‘मधेसमा छोरीलाई विवाह गर्न १० लाख ऋणको भारीबाट जोगाउन गाउपालिका अध्यक्ष कन्यादान योजना ल्याएर सामुहिक विवाहको अवधारणा अगाडी बढाइएको छ’ उनले भने , गाउपालिकाले १० जना छोरीको विवाहकालागि ४० लाख रुपैया विनियोजन गरेपनि विवाहकालागि ७ जना छोरीको परिवारबाट मात्र आवेदन आएकोले उनीहरुको एकै साथ विवाह समारोह आयोजना गरिएको हो ।

गाउपालिकाबाट आवेदन आव्हान भएपछि सम्पर्कमा आएका ७ जना छोरीको विवाहको सम्पुर्ण खर्च कार्यालयले ब्यहोरेको चौधरीले बताए । सामुहिक विवाहमा पिपरा–१ की २० वर्षीया कविता कुमारी महराको जलेश्वरका अनिल महरासंग, पिपरा–४ की २० वर्षीया रंजु कुमारी रामसंग भारत मधुवनि कुन्डन मरियाका लक्ष्मण महरासंग विवाह भएको छ । पिपरा–१ की कविता कुमारी महतोको जलेश्वरका रोशन महतोसंग, पिपरा–४ की वविना कुमारीको जलेश्वरका बबलु कुमार पासवनासंग, पिपरा–४ की निभा कुमारीको लक्ष्मिनियाका दिनेश महरासंग र पिपरा–४ की राजकुमारी सदाको महोतरी बलवाका राजकरण सदासंग विवाह गरिएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए ।

विवाहमा समाजिक परम्परा अनुसार गरिने बिधि व्यवहार अनुसार नै विवाह गरी विवाहित जोडीलाई गाउपालिकाले दुल्हा दुल्हीलाई ३/३ आनाको सुनको औठी, दुल्हीलाई २ आनाको मंगलसुत्र, विवाहमा दुल्हाले लगाउने गंजि, कटु, तौलिया, गम्छा, धोती कुर्ता, सुट, जुता, मोजा र दुल्हीकालागि साडी, साया, लहंगा सेट र अन्य मेकपका समाग्री सहित नया जिवन सुरु गर्ने दम्पतीलाई गाउपालिकाले नया फर्निचर सेट, स्टील दराज, बाकस, भाडाकुडा सहित ५५ प्रकारका समान उपहार गाउँपालिकाले दिएको छ ।

विवाहको सम्पुर्ण खर्च गाउपालिकाले व्यहोरेर अध्यक्ष चौधरीले मैथिली परम्परा अनुसार वैवाहिक कार्यक्रममा वुवाको भुमिका निर्वाहगर्दै दुल्हीलाई छोरी सरह दुल्हीहरुलाई कन्यादान गरेका थिए ।