१४ बैशाख २०८१, शुक्रबार

जनकपुरको एक होटलमा मृत अवस्थामा फेला परेको महिलाको शव नौ दिनपछि परिवारजनले बुझे

namaskar hotel janakpur copy 750x375 1

जनकपुरको नमस्कार होटलमा मृत अवस्थामा फेला परेकी एक महिलाको शव परिवारजनले बुझेका छन् ।

झापाको भद्रपुर नगरपालिका–बस्ने सर्मिष्ठा श्रेष्ठ ८ फागुनमा जनकपुरको पुरानो बसपार्कस्थित नमस्कार होटलमा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिईन । मृतककी भाउजु शर्मिला लामिछानेले आईतवार जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाको छानबिन गरि दोषिमाथि कारवाहीको माग गर्दै जाहेरी दर्ता गराई शव बुझेकी हुन् । मृतककी आईतवार नै जनकपुरमा अन्तिम दाहसंस्कार गरिएको छ । मृतकले आत्महत्या गर्नुभन्दा अघि आत्महत्या नोटपनि लेखेकी थिईन । उक्त नोट जिल्ला प्रहरी कार्यालय धनुषाले राखेको छ । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले मृतकमा परिवारजनले दिएको जाहेरी तथा मृतकको साथबाट भेटिएको नोटलाई आधार बनाएर घटनाको अनुसन्धान थालेको बताए । मृतकको नोटमा पाण्डेयको नाम उल्लेख भएपनि घटनामा उसको प्रत्यक्ष वा अप्रत्यक्ष कुन रुपमा संलग्नता छ ÷छैन त्यो विषयमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको उनले बताए । यसैबीच, महोत्तरीको जलेश्वर नगरपालिका– २ मैलवरामा राहुल पाण्डेयले शारिरिक तथा मानसिक तनाव दिएर सर्मिष्ठाले आत्महत्या गरेको मृतकका परिवारजनको आरोप छ ।

सर्मिष्ठा र पाण्डेय २०७५ सालमै काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिरमा विवाह गरि सँगै बस्दै आएकोमा विगत ६ महिनादेखि उनीहरु अलग बस्दै आएका थिए । एमबिबिएसको पढाई गर्ने क्रममा पाण्डेय र सर्मिष्ठा बीच प्रेम भएको थियो । पाण्डेय सर्मिष्ठाले काठमाण्डुमा सञ्चालन गरेको होस्टेलमा बसेर पढाई गरेका थिए । सोही क्रममा दुवै बीच प्रेम सम्बन्ध रहेको र पछि दुवैले पशुपतिनाथ मन्दिरमा प्रेम विवाह घरको मृतकमा भिनाजु दिपक पौडेलले बताए । सर्मिष्ठाको पहिलो विवाह २० वर्ष अघि झापा भद्रपुरकै राजु तिमस्लसिनासँग भएको थियो । तर तिम्लसिना वैदेशिक रोजगारमा लामो समय सम्म कत्तारमा रहेको र सर्मिष्ठा काठमाण्डुमा होस्टल चलाएर बसेकी थिईन । मृतककी भाउजु छामिछानेले भनिन्,‘ श्रीमान तिम्लसिना कत्तारमै रहेको वेला उनको मानसिक सन्तुलन बिग्रेको र हातखुट्टामा परालासिस भएपछि सर्मिष्ठाले पाण्डेयसँग प्रेम विवाह गरेकी थिईन । तर लामो समय सम्म दुबै जना श्रीमान श्रीमतिजस्तै बसेपनि ६ महिना अघि पाण्डेयले समिष्ठालाई छोडेर काठमाण्डुबाट भागेका थिए ।’ पछि समिष्ठाले आफ् नो श्रीमान वेपता भएको भनेर जिल्ला प्रहरी कार्यालय महोत्तरी, ओरेक महोत्तरी, मानव अधिकार आयोगको कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतका निवेदन समेत दिएकी थिईन । ओरेक महोत्तरीकी लिला दियालीले भनिन्,‘ करिव डेढ महिना अगाडी हामी कहाँपनि समिष्ठाले श्रीमानको सोधिखोजि तथा घरजम गराई दिन निवेदन दिईएकी थिईन ।

हामीले त्यसमा पहल पनि गरर्यौ । तर छलफलमा पाण्डेयले आफुहरु लिभिङग टुगेदरमा रहेको स्वीकार गरेपनि प्रेम विवाह नगरेको तथा समिष्ठालाई श्रीमतिको रुपमा स्वीकार गर्दैनौ । समिष्ठाको उमेर आफुभन्दा बढि भएको तथा जात नै फरक भएको लगायतका समस्या देखाउदै पन्छिए ।’ त्यसपछि सर्मिष्ठाले नाता प्रमाणित गराउनको लागि जिल्ला अदालत महोत्तरीमा मुद्दा दिने तयारी गरिरहेकी थिईन, दियालीले भनिन्, सर्मिष्ठाको मुद्दा अदालतमा दर्ता गराउने तयारी भईरहेकै वेला एक्कासी उनी पंखामा पासो लगाएर आत्महत्या गरेको घटना भयो ।’ सर्मिष्ठाको पीडालाई आफुहरुले नजिकबाट देखेको भन्दै उनले भनिन्,‘ यो घटना समान्य होईन ।

शारिरिक सम्बन्ध राख्न महिलासँग विहेको नाटक गर्ने र पुरा भएपछि कसैलाई छोडेर भाग्ने यो कहाँको न्याय हो । त्यसकारण यो घटनाको छानबिन गरि दोषिलाई कानुन अनुसारको कारवाही हुनुपर्छ ।’ ५ महिनादेखि समिष्ठाले न्यायका लागि विभिन्न सरोकारवाला निकायलाई पुकार गरिन, उनले भनिन्, तर कसैले उनको पीडामा मलहम लगाउने काम गरेनन् । अन्तत उनी आत्यहत्याको बाटो रोज्न विवश भईन ।’