१२ बैशाख २०८१, बुधबार

सप्तरीमा महिलामाथी कुटपिट, १६ हप्ताको गर्भ नष्ट, तिनजना पक्राउ

Saptari Police

सप्तरी, महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आरोपितमध्ये तीन जना पक्राउ परेको र एक जना आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँ बारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताउनुभयो ।

आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।