८ बैशाख २०८१, शनिबार

बालिका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कावासोतीमा प्रर्दशन

kabasoti 1

नवलपरासी पूर्व (नवलपुरको) बालिकाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग राखी शनिबार जिल्ला प्रहरी कार्यालयमा स्थानियले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्या गरेको भनी बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । स्थानीयले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रदर्शन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् । प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

फागुन ७ गते शुक्रबार बिहान २ बजेको समयमा बालिकालाई नियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप बालिकाकी आमाको छ । घटनामा मृत बालिकाको बुबा,हजुरबुबा, हजुरआमा र आमाजु संलग्न रहेको भनेर प्रहरीमा किटानी जाहेरी परेको छ