७ बैशाख २०८१, शुक्रबार

युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक

1608010717

युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । युरोपा लिगले शुक्रबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम-१६ मा इटालियन क्लब एसी मिलानसँग भिड्नेछ । अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ ।

यसैगरी युरोपा लिग फुटबलको अन्तिम १६ मा आयाक्स र योङ ब्वाइजसँग, डाइनामो किभ र भिल्ला रियल, इटालियन क्लब रोमा र शाख्तर डोनेत्स्क तथा रेन्जर्स र स्लाभियाबीच प्रतिस्पर्धा हुने छ । स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ ।

europa league draw