७ बैशाख २०८१, शुक्रबार

शहीद स्मारक ‘बी’ डिभिजन लिग ः बाँसबारी बराबरीमा रोकियो

b division basbari
फोटो श्रोत: एन्फा

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोल रहित बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो ।

खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा प्रवेश गर्ने मौका गुमाएको छ । बाँसबारीेले सात खेलमा १५ अङ्क जोडेको छ । श्री कुमारी सात खेलमा सात अङ्क जोड्दै लिगको आठौँ स्थानमा छ ।