१६ बैशाख २०८१, आईतवार

राष्ट्रपतिले माफी नदिएपछि सर्वोच्चको ढोका ढक्ढक्याए निर्भया का’ण्ड’का दोषीले

death warrant

निर्भया काण्डका दोषीमध्येका एक मुकेशकुमार सिंहले राष्ट्रपति रामनाथ कोविन्दसमक्ष जीवन रक्षाको माग गर्दै दिएको निवेदन खारेज भएपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

उनले सर्वोच्च अदालतमा अपिल गरेको मुकेशका वकिल वृंदा ग्रोवरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि दिल्लीको पटियाला हाउस अदालतमा दोषीको रिटमाथि सुनुवाइ भएको थियो। दोषीमध्येका एक विनय शर्माका वकिलले विनयलाई ‘मन्द विष’ दिइएको आरोप लगाएका थिए। उनले जेल प्रशासनले हालसम्म उनीहरुको मेडिकल रिपोर्ट पनि उपलब्ध नगराएको बताएका थिए।

दोषीमध्येका एक विनयले राष्ट्रपति रामनाथ कोविन्दलाई जीवनरक्षाका लागि निवेदनका साथसाथै आफ्नो डायरी पनि दिन चाहेको बताइएको छ। उनले आफ्ना वकिल एपी सिंहको माध्यमबाट अदालतमा दिएको निवेदनमा आफ्नो १७० पेजको डायरी पनि दिन अनुमति माग गरेका छन्।

अदालतले चारै जना दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ। अदालतले उनीहरुलाई आगामी फेव्रुअरी १ मा बिहान ६ बजे फाँसी दिइने जनाएको छ। यद्यपि अदालतले उनीहरु राष्ट्रपतिसमक्ष जीवन रक्षाको माग गर्न सक्ने वा सर्वोच्चमा अन्तिम पुनरावेदन ९क्यूरेटिभ पिटिशन० मा जानसक्ने जनाएको थियो।

सन् २०१२ डिसेम्बर १६ को राति २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयामाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए। उपचारको क्रममा निर्भयाको सिंगापुरमा मृत्यु भएको थियो।

उक्त घटनाको संसारभरबाट विरोध भएको थियो। घटनामा संलग्न भएकालाई मृत्युदण्डको सजाय हुनुपर्ने माग उठेको थियो।

उक्त सामूहिक बलात्कार मामिलामा अदालतले अक्षय कुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई पहिले नै दोषी ठहर गरिसकेको थियो।

चार जना दोषी बाहेक एक प्रमुख आरोपी राम सिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए। अन्य एक जना दोषी उक्त समयमा नाबालिक भएको भन्दै सुधारगृहमा पठाइएको थियो। एजेन्सी