१४ बैशाख २०८१, शुक्रबार

निर्भयाका ४ दोषीहरुलाई अब १५ दिन फाँसी नहुने, आमा आशादेवीले पोखिन् आक्रोश

nirbhaya case

निर्भया काण्डमा पटियाला हाउस कोर्टले चारै दोषिहरुको फाँसी सजाय फेरी रोकेको छ । फाँसीका लागि अदालतले फेरी एक नयाँ डेथ वारेन्ट जारी गरेको छ ।

तेश्रो वारेन्टका अनुसार ३ मार्च विहान ६ बजे फाँसी दिइने भनिएको थियो । तर अदालतको आदेश पछि फाँसी रोकिएको छ । अदालतको फैसला पछि निर्भयाकी आमा आशादेवीले अदालतले आखिर दोषीहरुलाई आफैले दिएको आदेश फाँसी दिन किन सकिरहेको छैन भनेर प्रश्न उठाएकी छन् ।

फाँसी बारम्बार रोक्नु भनेको अदालतले आफ्नै सिस्टम पालना गर्न नसक्नु भएको उनले बताएकी छन् । साथै उनले अदालतको सबै सिस्टम नै अपराधीलाई संरक्षण दिने खालको भएको आरोप लगाएकी छन् ।

आरोपीहरुलाई १५ दिनसम्मको समय थपेको हो । निर्भयाका ४ दोषिहरु पवन गुप्ता, अक्षय ठाकुर सिंह, मुकेश सिंह र विनय शर्माले आफू फाँसीबाट बँच्न अपानाएका सबै कानूनी विकल्प सोमवारबाट सकिएका छन् ।

अब उनीहरुलाई अदालतले फाँसीको मिति तोकेपछि कुनै पनि फँसीबाट बँच्नका लागि केहि पनि मौका र विकल्प नभएको भारतीय सञ्चारमाध्यम वेबदुनियाँले जनाएको छ ।

निर्भयाका ४ दोषिहरुलाई अहिलेसम्म तीन पटक डेथ वारेन्ट जारी गरिसकेको छ । अहिलेसम्म दोषीहरुले आफ्नो टेक्निकले बँच्न सफल भए पनि अब कुनै विकल्प नभएको वकिल एपी सिंहले बताएका छन् । एजेन्सी