८ बैशाख २०८१, शनिबार

अन्ततः निर्भयका चारै दोषीलाई आज बिहान झुन्ड्याइयो

nirbhaya convicts hanging

फाँसिको सजाय पाएका निर्भयाका दोषिहरुलाई सात वर्ष तीन महिना र तीन दिन पछी शुक्रवार बिहान ५:३० बजे तिहाड़ जेलमा फाँसी दिइएको छ । दोषीलाई फाँसी दिएपछि लामो समयदेखि न्यायको लागि संघर्ष गरिरहेकी निर्भयाकी आमा आशा देवीले भनिन्, “हाम्रो छोरी यस संसारमा छैन र फर्किने छैन।”

उनले अगाडी भनिन “हामीले यो लडाई निर्भया को मृत्यु पछी शुरु गर्यौं, यो संघर्ष उनको लागि थियो तर हामी उनी र अन्य छोरीहरुकालागि यो लडाई जारी राख्ने छौं।” आशा देवीले छोरीको तस्वीरलाई अंगालो हाल्दै भनिन्- अन्ततः तिमीले न्याय पयौ। उनले भनिन “यो लामो संघर्ष थियो र आज हामीले न्याय पायौं, यो दिन देशका छोरीहरूलाई समर्पित छ। म न्यायपालिका र सरकारलाई धन्यवाद दिन्छु।”

आशा देवीले आजको दिनलाई निर्भया ‘न्याय दिन’ को रूप मा मनाउन प्रस्ताव गरिन । त्यहि समयमा निर्भयाका बुबाले पनि “न्यायको लागि हाम्रो पर्खाइ पीडादायी छ। हामी अपील गर्दछौं कि आजको दिन निर्भयालाई ‘जजमेन्ट डे’ को रूपमा मनाउनु पर्छ” भने।

तिहाड़ कारागारका महानिर्देशक सन्दीप गोयलका अनुसार ती चारै अपराधीलाई बिहान ५:३० बजे झुण्डयाइयो। झुण्डयाइपछि चारजनाको शव पोष्टमार्टमको लागि दीनदयाल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले चार जनाको मृत्युको घोषणा गरे। अब ती चार जनाको शव स्थानीय पुलिसलाई हस्तान्तरण गरिनेछ।

फाँसी दिनुअघि उनीहरुलाई खाजा खान दिइएको थियो । तर उनीहरुले त्यसलाई अस्वीकार गरेका थिए । विनय रोएको भारतीय संचारमाध्यमले लेखेका छन् । यसपछि उनीहरुलाई तिहाडको जेल नम्बर ३ मा बनेको फाँसीघरमा लगेर फाँसी दिइएको थियो । तिहाड जेलमा सन् २०१५ पछि पहिलो पटक कसैलाई फाँसी दिइएको हो ।

फाँसीअघि विनयले फेरेनन् कपडाः रुँदै मागे माफी

फाँसी दिनुअघि तिहाड जेलका विभिन्न अधिकारी ‘फाँसी घर’ पुगे जसको निगरानीमा फाँसीको प्रक्रिया पूरा भयो । भारतीय सञ्चार माध्यम आजतकका अनुसार फाँसीमा चढ्नुअघि दोषीलाई जब नुहाउन र कपडा फेर्न भनियो तब दोषी पवनले कपडा फेर्न अस्विकार गरे । उनी रुन सुरु गरे र माफी माग्न थाले ।

दोषीलाई फाँसी दिनुअघि नै तिहाड जेल बाहिर मानिसहरुको अत्यधिक भीड थियो । दिल्लीका स्थानीय जनता, केही अधिकारकर्मीले २० मार्चको दिनलाई निर्भयाका लागि सच्चा श्रद्धाञ्जली दिइएको दिनको रुपमा सम्झिए । दोषीलाई फाँसी दिएपछि त्यहाँ थुप्रैले उत्सव पनि मनाए, खुसीयालीमा मिठाई पनि बाँडियो ।

निर्भया घटना के थियो ?

सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जना व्यक्तिले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी फिजियोथेपारीको छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए ।

निर्भयाका रुपमा चिनिएकी ती युवतीको केही दिनपछि उपचारको क्रममा निधन भएको थियो । यो घटनापछि दिल्लीसहित भारतभर ठूलो प्रदर्शन भयो र त्यसको प्रक्रिया स्वरुप बलात्कार विरुद्ध नयाँ कानून आएको थियो ।

घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसमध्ये राम सिंह नाम गरेका अभियुक्त सन् २०१३ को मार्चमा जेलमै मृत भेटिएका थिए । उनले आत्महत्या गरेको खुलेको थियो।

यस्तै घटना भएका बेला १७ वर्षका रहेका अर्का एक सन् २०१५ मा जेलबाट छुटेका थिए । उनी नाबालक रहेकाले तीन वर्षको सुधारात्मक जेल सजाय काटेर रिहा भएका हुन् ।

एजेन्सी