
फाइल फोटो
नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटघाट भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गर्नुभएको हो ।
गौतमले ओलीसँग पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गर्नुभएको छ । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताउनुभएका गौतमले हिजो प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गनुभएको थियो ।
उहाँले हिजो पनि पार्टी एकताका बारेमा छलफल गर्नुभएको थियो । नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गर्नुभएको छ ।
संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेकको बताउदै आउनुभएको छ ।