८ बैशाख २०८१, शनिबार

कुटपिट गरी आफ्नै आमाको हत्या

muder

आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय अछाम र ईलाका प्रहरी कार्यालय साफेबगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।