१३ बैशाख २०८१, बिहीबार

अर्को पार्टीसँग मिलेर ओली नेतृत्वमै नयाँ सरकार

top bahadur rayamajhi
फाइल फोटो

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्को पार्टीसँग मिलेर केपी शर्मा ओली नेतृत्वमै नयाँ सरकार बन्नसक्ने बताउनु भयो ।

अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो , ‘हामीसँग कुनै सम्भावना सकिएको छैन। जस्तोसुकै परिस्थिती आएपनि जान सक्छौँ।’

उहाँले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित भएन,नयाँ सरकार बन्न सकेन र झमेला भइरह्यो भने मध्यावधि चुनावको सम्भावना रहेको समेत बताउनु भयो ।

‘संसद पुनःस्थापना भएपछि मांसाहारी आन्दोलन गर्न पर्दैन भनेर खुसी भएर लड्डु खानुभयो। उहाँहरु आत्तिनुभएको थियो’ उहाँले भन्नु भयो , ‘निर्वाचन भएको भए आउने सम्भावना छैन। त्यसैले अब दुई बर्ष सांसद हुने भइयो भनेर खुसी हुनुभएको हो।’संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार भएको दाबी गर्नु भयो ।