१२ बैशाख २०८१, बुधबार

सर्वोच्चलाई सभामुखको जवाफ: नियुक्ति संवैधानिक छैन, झुट ठहरिए कारबाही भोग्न तयार छु

agni sapkota
फाइल फोटो

संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेश गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई पनि विपक्षी बनाएर रिट दायर गरेपछि सर्वोच्चले जवाफ मागेपछि उहाँले त्यसको लिखित जवाफ पठाउनु भएको हो। प्रधानमन्त्री ओलीले मंसिर ३० गते बैठक बसेर विभन्न संवैधानिक निकायमा ३८ जना नियुक्त गर्नु भएको थियो ।

संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उनले उक्त बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पार्नु भएको छ ।

सभामुख सापकोटाले आवश्यक गृहकार्य र परामर्शबिना नियुक्त गरेको भन्दै असहमति जनाएको जवाफमा खुलाउनु भएको छ । संवैधानिक नियुक्तिमा संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएको जिकिर उहाँले गर्नु भएको छ ।

सभामुखले अदालतमा पेश गरेको जवाफ झुट ठहरिए कानुन बमोजिम कारबाही सहनसमेत तयार भएको उल्लेख गर्नु भएको छ ।

a 1