
फाइल फोटो
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः राजनैतिक दल तथा नेताको कोर्टमा पुगेको बताएका छन् ।
बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो अवस्थामा घर ज्वाईंलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरू भएको टिप्पणी गरेका छन् ।
भट्टराईले देशको आवश्यकता र जनताको चाहनाबाट दल तथा नेताले पाठ सिक्दै नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।