२१ बैशाख २०८१, शुक्रबार

नैतिकताका छ भने ‘देउवाले प्रधानमन्त्री बन्दिनँ भन्नुपर्छः कोइराला

shekhar koirala

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । तर, कांग्रेसकै नेताहरु चाहिँ आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्ने बताउन थालेका छन् ।

गृहनगर बिराटनगरमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले भने, ‘हामी प्रतिगमनविरोधी आन्दोलनमा दृढतापूर्वक उभिएको भए ओलीको प्रतिगमन अस्ति नै सच्चिइसक्ने थियो । यसमा सभापति शेरबहादुर देउवाजी पनि जनताको आशंकाको घेरामा हुनुहुन्छ । त्यसैले, अब देउवाजीले म नैतिकताका आधारमा प्रधानमन्त्री बन्दिनँ भनेर घोषणा गर्नुपर्छ ।’

डा. कोइरालाले अबको परिस्थितमा नेपाली कांग्रेस प्रतिपक्षमै रहनुपर्ने बताए । ‘मेरो विचारमा कांग्रेसले प्रतिपक्षकै भूमिका खेल्नुपर्छ, किनभने हामीले पार्टीको सम्पूर्ण ध्यान महाधिवशेनमा लगाउनुपर्ने भएको छ । अर्को कुरा, जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका छन् ।’

अहिले नै मिलिजुली प्रधानमन्त्रीको आशा गर्नुभन्दा आगामी चुनावबाट कांग्रेसले बहुमतको सरकारको नेतृत्व गर्न सक्ने डा। कोइरालाले बताए । उनले भने, ‘मेरो विचारमा अब दुई वर्ष पनि कुर्नुपर्दैन, एकरडेढ वर्षपछि नै अर्ली निर्वाचनमा हुन सक्छ ।’ नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुभन्दा प्रतिपक्षमै बस्नु उचित हुने दोहोर्‍याउँदै डा. कोइरालाले प्रचण्ड(माधव समूहलाई सरकार गठनका लागि सघाउन सकिने बताए ।