७ बैशाख २०८१, शुक्रबार

घरज्वाईंलाई खानकै धन्दा भनेझैं पुरानै कुर्सीको खेल शुरू भोः भट्टराई

फाइल फोटो

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः राजनैतिक दल तथा नेताको कोर्टमा पुगेको बताएका छन् ।

बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो अवस्थामा घर ज्वाईंलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरू भएको टिप्पणी गरेका छन् ।

भट्टराईले देशको आवश्यकता र जनताको चाहनाबाट दल तथा नेताले पाठ सिक्दै नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।