१६ चैत्र २०८०, शुक्रबार

२५ लाखसहित हुण्डी कारोवारी पक्राउ

Nepal police

महोत्तरीमा दुई हुण्डी कारोवारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकम सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताउनुभयो ।

पक्राउ परेको रकम सहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो । हुण्डी कारोवारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।