१७ बैशाख २०८१, सोमबार

विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृ’त्यु’, ६ जना घाइते

Capture 2

मोरङको धनपालथानमा विधार्थी बोकेको कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

रंगेलीबाट विधार्थी लिएर विराटनगर तर्फ जादै गरेको लर्ड बुद्ध कलेजको मे १ ख १४९० नम्बरकोे बस हुलाकी राजर्माग सडक खण्डको धनपालथान गाउँपालिका ६ रामचौक नजिकै दुर्घटना हुँदा बसको सह चालक विराटनगर १५ बस्ने ३२ वर्षिय सानु साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

गम्भीर घाईते भएका उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा कलेजमा ६ जना विधार्थी घाइेते भएका छन्।

घाइते हुनेमा धनपालथान गाउँपालिका–४ को सुस्मा राजवंशी, दिक्षा श्रेष्ठ, धनपालथान–७ की रञ्जीता मण्डल, धनपालथान ६ कोनिकिता कुमारी राय , रंगेली नगरपालिका–४ की नुना गौतम र रंगेली २ की स्वस्तीका कटुवाल रहेको छन्। उनिहरुको विराटनगर स्थित न्युरो हस्पीटलमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार बाक्लो हुस्सुका कारण अनियन्त्रीत भई बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धान बाट देखिएको बताए।