७ बैशाख २०८१, शुक्रबार

आज भारतबाट १० लाख डोज खोप आउँदै

covide 19 vaccine

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनु भयो ।

उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।