२३ बैशाख २०८१, आईतवार

सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता

Agni Sapkota

प्रतिनिधिसभा सभामुखका लागि नेकपाका सांसद अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक रहेर सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सापकोटाको समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी छन् । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

उम्मेदवारी मनोनयको समय दिउँसो २ बजेसम्म छ । अन्य दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

कांग्रेसले उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका छन् तर यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकबाट हुनेछ । माघ १२ गतेको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।