१५ बैशाख २०८१, शनिबार

कर्णालीका ३ कारागारबाट १६ कैदी रिहा

karagar surkhet

सुर्खेत, प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका १५ जना कैदीहरु रिहा भएका छन्। सजाय मिनाह पाउनेमा सुर्खेत जिल्ला कारागारबाट ९, दैलेख कारागारबाट ६ र रुकुम पश्चिम जिल्ला कारागारबाट १ जना रहेका छन्।

सुर्खेत कारागारका जेलर लक्ष्मि खेरलका अनुसार सजाय मिनाह पाउनेमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका कमल सुनार, भिमबहादुर सुनार र तुलबहादुर राना छन्।

सवारी ज्यान मुद्धा अन्तर्गत गगन गुरुङ, सुरेन्द्र सार्की, दिपक साउँद र केशव शाही, बमकला पुरी र गिता चालिसे बहुविवाहको मुद्धा खेपिरहेका थिए। उनिहरु मध्ये बमकला पुरी बाहेक अन्य सबै सुर्खेत जिल्लाका हुन भने पुरी सल्यान जिल्लाका हुन्। उनिहरु क्रमशः २०, १०, २, ३, २ बर्ष कैद सजाय तोकिएको थियो।

यस्तै जिल्ला कारागार दैलेखका ५ जना कैदीलाई कैद सजाय माफी दिएको छ। एक जना महिला सहित पाँच जना कैदीको भुक्तान हुन बाँकी कैद छुट भएको दैलेख कारागार कार्यालयका प्रमुख जीतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार कर्तव्य ज्यान मुद्धामा १६ बर्ष कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा डेढ बर्ष कैद सजाय तोकिएर ६५ प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा एक बर्ष कैद सजाय तोकिएको र ९१ प्रतिशत कैद भुक्तान गरेका एक जनालाई कैद छुट दिइएको हो।

यस्तै कर्तव्य ज्यान मुद्धामा २ बर्ष कैद सजाय तोकिएको र दुई महिना कैद भुक्तान गर्न बाँकी एक जना, कतव्र्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका एक जनाको बाँकी कैद छुट दिइएको प्रमुख खत्रीले बताए। रुकुम कारागार बाट एक जना कैदी बन्दीलाई सजाय मिनाह गरिएको छ। रुकुम पश्चिम कारागारबाट त्रिवेणि गाउँपालिका– का नवराज ओलीलाई सजाय मिनाह गरिएको जेलर प्रमेश शिवालले बताए।

उनिहरुलाई फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको जनाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ।