७ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगले आधिकारिकता नदिए जस्तोसुकै आन्दोलन गर्न तयार हुनुपर्छ

Madhav Nepal

नेकपा दाहाल-नेपाल समूहका शीर्ष नेताहरुले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभयो ।

उहाँहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाउनुभएको थियो । बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको आरोप लगाउनुभयो ।

आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उहाँको भनाइ थियो ।