१४ बैशाख २०८१, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरले दियो २० लाख

gautam

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनुभयो ।

महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो । रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाइ छ ।