८ बैशाख २०८१, शनिबार

प्रजातन्त्र दिवसमा कपिलवस्तु कारागारका ९ कैदी रिहा

kapilvastu karagar

७१ औ प्रतातन्त्र दिवसमा कपिलवस्तु कारागारका नौ कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । बिभिन्न मुद्दामा अदालतद्धारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार ब्यवस्थापन बिभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर राकेश पाण्डेले बताए ।

देशभरका ८ सय ७६ कैदीलाई दिवसकै अवसरमा बिभागले रिहा गर्न आदेश दिएको थियो । रिहा हुनेहरुमा कत्तब्र्य ज्यान मुद्दका ५, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान मुद्दाका एक, सवारी ज्यान र गौबधका एक तथा चोरी मुद्दाका एक जना रहेका छन । रिहाईकालागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो । रिहाई हुने कैदीहरुलाइृ स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो ।

कैदीको अवधि बाकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । जलेर पाण्डेले अनुशासित कैदी रिहा भएकोमा आफुलाइृ पनि संतुष्टी मिलेको बताईन । सिफारिस गरिएका सबै ९ जनालाई नै बिभागले रिहा गर्ने आदेश दिएको थियो ।