८ बैशाख २०८१, शनिबार

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध, प्रधानाध्यापक पनि कारबाहीमा

watch anarchy in exam student makes tiktok inside exam hall
फाइल फोटो

कक्षा १२ को परीक्षाका क्रममा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ । परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसार दैलेखको कालिका मावि, सिंहासैनका विद्यार्थी रोशनकुमार शाही कारबाहीमा परेका हुन् ।

गत मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाका समयमा भएका गतिविधिलाई शाहीले भिडियो बनाएर टिकटकमा हालेका थिए । उनको चालु खण्डको सबै विषयको परीक्षा रद्द गरिएको सूचनामा जनाइएको छ । यसैगरी, सो विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष चक्रबहादुर शाही पनि कारबाहीमा परेका छन् ।

उनीहरु दुवैलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षासम्बन्धी गतिविधिमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको सूचनामा उल्लेख छ ।