११ बैशाख २०८१, मंगलवार

एक लाखको रिचार्ज कार्ड चोरी गर्ने किशोर पक्राउ

arest

दाङ, प्रहरीले एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक किशोरलाई पक्राउ गरेको छ। बंगलाचुली गाउँपालिका–४ श्रीबारीका १८ वर्षीय इन्द्र गिरीलाइ पक्राउ गरेको हो ।

गिरीले बंगलाचुली–३ कमिरेचौरमा कमलाल पौडेलले सञ्चालन गरेको दाजुभाइ जनरल स्टोरबाट माघ १ गते राति एक लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो । ​

रिजालकाअनुसार पसल संचालक पौडेलको जाहेरीका आधारमा अनुसन्धान गर्दा गिरीले एनटिसी र एनसेलका रिचार्ज कार्ड चोरी गरि घरमा राखेको अवस्थामा बरामद गरिएको हो। पौडेलले पसलबाट रिचार्ज कार्डसहित नगद २० हजार रुपैयाँ पनि चोरी भएको जाहेरी दिनु भएको छ ।

खानतलासी गर्ने क्रममा चोरी गरेका ६१ हजार आठ सय बराबरका रिचार्ज कार्ड बरामद भएको प्रवक्ता रिजालले जानकारी दिनु भएको छ ।

रिचार्ज कार्डको सिरियल नम्बरको आधारमा दुरसञ्चार कार्यालय संग समन्वय गरि गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।