७ बैशाख २०८१, शुक्रबार

विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत सूचना प्रणाली सञ्चालन

biratnagar mahanagarpalikabp1

विराटनगर महानगरपालिकाले विपद्् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् ।

पोर्टलमा गएका छ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीका सल्लाह र सुुझाव समावेश गर्ने व्यवस्था मिलाइएको छ । पोर्टलमा आगलागी, बाढी, भूकम्प, दुुर्घटना, प्रदूषण तथा भूक्षयजस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले ? कुुन ठाउँमा भयो ? भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

महानगर प्रमुुख भीम पराजुुुलीले पोर्टलको शुुभारम्भ कार्यक्रममा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि उपयोगी हुुने बताउँदै नगरमा यस कार्यका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउने भन्ने विषय सबैको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागको सहकार्यमा सञ्चालनमा ल्याइएको सो प्रणाली महानगरले विधिवत्रुपमा शुुभारम्भ गरेको नगर विपद् व्यवस्थापन सम्पर्क अधिकृत राजेन्द्र प्रधानले जानकारी दिनुभयो । पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले पार्टलको प्रभावकारिता र यसले गर्ने कार्यका सम्बन्धमा जानकारी दिनुुभएको थियो ।