१२ बैशाख २०८१, बुधबार

किन रोइन अभिनेत्री सलमा हायक ‘डेस्पराडोमा’ अन्तरंग दृश्य खिच्दा ?

salma hayek desparado

हलिउडकी अभिनेत्री सलमा हायक हरेक भूमिकाका लागि परिचित छिन् । तर उनी अभिनित फिल्म ‘डेस्पराडो’लाई अहिलेका दर्शकले पनि उत्तिकै मन पराउँछन् । हायकले यो फिल्मसँग जोडिएको एक नयाँ तथ्य खुलासा गरेर सबैलाई चकित पारेकी छिन् । हायकका अनुसार फिल्मका लागि पहिलो अन्तरंग दृश्य दिँदा निकै रोएकी थिइन् ।

डक्स शेपार्ड र मोनिका प्याडम्यानलाई “आर्मचेयर विशेषज्ञ” नामक पड्कास्ट्मा दिएको अन्तर्वार्तामा उनले डेस्पराडोको अन्तरंग दृश्यको बारेमा भनेकी हुन ।

यस फिल्म्मा, उनी क्यारोलिनाको भूमिकामा छिन भने एन्टोनियो बंडेरास, एल् मारियाचीको चरित्रमा । फिल्ममा क्यारोलिना शहरमा किताब पसल क्याफे चलाउँछिन् जहाँ पढ्न खासै कोही आउँदैनन । त्यस्तै एन्टोनियो बदलाको भाव भएका गितारवादक हुन जो किताबको भित्र बन्दुक बोकेर हिड्छन ।

त्यसो त सलमाले यसअघि पनि विभिन्न अन्तरवार्तामा अन्तरंग दृश्य दिन हामीलाई दिक्क लाग्ने बताउदै आएकी छन् । ‘यो फिल्मका लागि मलाई अफर आउँदा मेरो केरोलिनाको भूमिकामा अन्तरंग दृश्य छ भन्ने खुलाइएको थिएन । उनले भनेकी छिन “एन्टोनियो र म बिचको सहजता देखिएपछी मात्रै स्टुडियोले फिल्ममा यो सिन थपेको थियो ।”

५४ वर्षीया अभिनेत्रीले सुटिङ सेटमा उपस्थित व्यक्तिहरुको अगाडि अन्तरंग दृश्य दिनु आफ्ना लागि निकै जोखिमपूर्ण रहेको स्मरण गरेकी छन् ।

‘अन्तरंग दृश्य खिच्नका लागि एक बन्द सेट तयार पारिएको थियो । किनकि निर्देशक रोड्रिग्सलाई म आफ्नो भाई र उनकी श्रीमतिलाई म मिल्ने साथी मान्दथे । यो दृश्य खिचिरहँदा एन्टोनियो र म, अनि रोड्रिग्स र उसकी श्रीमति मात्र थियौं’, सलमाले भनेकी छन् ।

उनले अन्तरंग दृश्य कसरी दिने भन्ने विषयको जानकारी नहुँदा आफू रोएको खुलाएकी छन् । यो दृश्य खिचिरहँदा अभिनेता एन्टोनियोसँग डर लागे पनि उनको समर्थनले एउटा राम्रो साथी बनाएको सलमाको बुझाइ छ ।

सलमा हायकको अनुसार जब उनका भाई र बुबा सँगै फिल्म हेर्न गएका थिए, उनीहरु दुवै त्यो दृश्यमा थिएटर बाट बाहिर निस्के र दृश्य सकिए पछि दुवै फर्के । सलमा भन्छिन् कि केटाहरूसँग कुनै समस्या छैन, तर केटीले यस्तो दृश्य गर्छ भने आमा बुबाआमाले बिभिन्न कुराहरु सुन्नु पर्दछ।