७ बैशाख २०८१, शुक्रबार

भागरथी हत्या आरोपी नयाँ विद्यार्थी, स्वभाव मध्यम खालको थियो

150782487 946650609204727 2733913453799147427 n

भागरथी हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्टले नै हत्या गरेको प्रमाण सहितको पुष्टि नभएसम्म परिवारले भागरथीको शव नबुझ्ने बताएका छन् ।
घटनाको अनुसन्धान गरिपाउ भनी प्रहरी कार्यालयमा उजुरी दिनुभएका भागरथीका नजिकका काका नाता पर्ने शिवराज भट्टले घटनामा निजको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताउनुभयो ।

शिवराजले भन्नुभयो, “ दिनेशले हत्या आफैले गरेको स्वीकारे पनि विश्वास गर्ने स्पष्ट आधार नदेखिएकोले पुष्टि नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौं ।”
शिवराजले अगाडि भन्नुभयो,“ दिनेशलाई मैले पनि जिप्रकामा भेटे । एकान्तमा लगेर २० मिनेट जति कुरा गर्दा हत्या गरेको तर, बलात्कार नगरेको बताउँदै छ । घटना प्रकृति र पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भन्ने आएको छ । कसरी विश्वस गर्ने ? पुष्टि हुनुपर्छ ।”

घरायसी पुरानो रिसईवीको विषयका बारेमा जिज्ञासा राख्दा ३० वर्ष पुरानो घटनाकै कारणमा भागरथीको हत्याको कारण हो भन्ने आधार नभएको भट्टले बताउनुभयो । घटनामा अरुको पनि संलग्नता भए नभएको बारेमा पनि थप अनुसान्धान हुनु पर्ने परिवारले माग गरेका छन् ।

आरोपी दिनेश भर्खरै कक्षा ११ मा भर्ना भएका थिए

आरोपी दिनेश भट्टले कक्षा १० सम्मको पढाई चडेपानी गाउँकै भूमिराज माविबाट गरेका थिए । कोरोनाका कारण लामो सयम विद्यालय बन्द हुँदा दिनेशले लामो समय घरमै बसेर बिताएका थिए । विद्यालय खुलेपछि घरबाट करिब एक घण्टाको दूरीमा पर्ने सनातन धर्म मावि खोचलेकमा दिनेश भट्ट भर्खरै कक्षा ११ मा भर्ना भएको विद्यालयका प्राचार्य दलवेद नाथले बताउनुभयो ।

प्राचार्य नालले भन्नुभयो, “ दिनेश विद्यालय आउँन थालेको १५÷२० दिन मात्र भएको थियो । अहिले पनि कक्षा ११ को भर्ना चलिरहेको छ । उसले भर्नाका लागि चाहिने सबै कागजपत्र बुझाएको पनि छैन । छोटो समयमा दिनेशलाई चिन्ने मौका पनि मिलेन ।”

दिनेशको विषयमा भूमिराज मावि चडेपानीक प्रधानाध्यापक प्रजापति भट्टले कक्षा १० सम्म पढ्दा मध्यम खालको विद्यार्थी भएको बताउनुभयो । प्रधानाध्यापक भट्टले भन्नुभयो, “ गाउँको भूमिराज माविमा कक्षा १० सम्मको मात्र पढाई हुन्छ । दिनेशले गत वर्ष २०७६ सालमा एसईई दिएको हो । विद्यालयमा रहँदा अध्ययन र स्वभावका दृष्टिले मध्यय खालको विद्यार्थी हो । विद्यालयमा रहँदा अहिलेसम्म अप्रिय घटना गरेको तथ्याङ्क छैन ।”
भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टे बस्ने किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।

बुधबार दिउँसो २ः ०० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर आरोपित भट्टलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका आरोपी दिनेश भट्ट भागरथी अध्ययनरत सनातन धर्म माविमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तरमराज सुवेदीले घटनासँग तमाम सबुत र प्रमाणका आधारमा भागरथी भट्टको हत्या आरोपमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको बताउनुभयो ।

डीआईजी सुवेदीले भन्नुभयो, “ तमाम तथ्य–प्रमाण, युवाको फोनको लोकेशन र बयानका आधारामा पक्राउ गरेका हौं । जिल्ला अदालतमा म्याद थपरेर सरकारी वकिलको रोहबरमा विस्तृत अनुसन्धान अघि बढाईने छ ।”

पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले घटनास्थलको प्रकृति बारे जानकारी दिनुहुँदै भागरथीको टाउँको चोट रहेको, घाँटीमा दबाए जस्तो डाम रहेको, खुट्टाको औलामा घाउँ रहेको र यौनीबाट रगत जस्तो पदार्थ बगेको अवस्थामा शव भेटिएको बताउनुभयो ।

अहिलेसम्मको प्रहरी अनुसन्धान बारे जानकारी दिनहुँदै डीआईजी सुवेदीले आरोपित दिनेश भट्ट घटनाको दिन अन्तिम विषय नपढी सनातन धर्म माविबाट ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई बजारमै छाडेर एक्लै चडेपानी गाउँतर्फ गएको खुलेको बताउनुभयो । भागरथी भट्ट २ः०० बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलका बाटो ढुकेर भागरथीको हत्या गरेको खुल्न आएको उहाँले बताउनुभयो ।
आरोपित दिनेश भट्टमाथि कर्तव्य ज्यान मुद्दा र बलात्कारको कसुरमा अनुसन्धान अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

घटनामा अरुको पनि संलग्नता रहे नरहेको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा डीआईजी उत्तमराज सुवेदीले अहिले दिनेश भट्टको मात्र संलग्नता देखिएको बताउनुभयो । विस्तृत अनुसन्धानबाट थप कुरा खुल्ने उहाँले बताउनुभयो । अनुसन्धानलाई असर नपर्ने गरि थप तथ्य खुलेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँने डीआईजी सुवेदीले बताउनुभयो ।

घनाको अनुसन्धानमा पारिवारिक रिसईवीको विषयमा पछि थप कुरा खुल्ने सुवेदीले बताउनुभयो । प्रहरीले लामो अनुसन्धान पश्चात प्रमाणका आधारमा पक्राउ गरेकोले अनावश्यक शङ्का नगर्न पनि डीआईजी सुवेदीले आग्रह गर्नुभएको छ ।

भागरथी हत्याको घटना निर्मलाको जस्तो नहोस् भनेर आफै अनुसन्धनमा खटिएर १३ दिनपछि आरोपित सार्वजनिक गरिएको डीआईजी सुवेदीले बताउनुभयो । दोगडाकेदारमा यसअघि भएका हत्याका घटनाको पनि अनुसन्धान गर्ने जानकारी दिएको छ ।