१२ बैशाख २०८१, बुधबार

लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : नेता गुरुङ

dev gurung
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

नेकपा प्रचण्ड–माधव समूह लमजुङले आज बेंसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संसद् विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ भन्दै देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।”