१५ चैत्र २०८०, बिहीबार

देशभर १२५ नयाँ संक्रमित थपिए, ६१ आइसियु र १३ भेन्टिलेटरमा उपचाररत

corona hospital

कोभिड–१९को सङ्क्रमण आज १२५ मा देखिएको छ । तीन हजार ८३८ को पिसिआर परीक्षण गराउँदा ४८ महिला र ७७ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

आज देखिएका सङ्क्रमितसँग सङ्क्रमणको सङ्ख्या दुई लाख ७३ हजार ७० छन् । यस्तै सङ्क्रमणबाट ९१ निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म दुई लाख ६९ हजार ३९४ निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

यस्तै विगत २४ घण्टामा कसैको पनि सङ्क्रमणबाट निधन नभएको मन्त्रालयले जनाएको छ । यसैगरी सङ्क्रमितमध्ये ६१ सघन उपचार कक्ष (आइसियु) र १३ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा २४ र कर्णाली प्रदेशमा तीन रहेका छन् ।

यस्तै भेन्टिलेटरमा वाग्मती प्रदेशका सात, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका एक रहेका छन् । संस्थागत आइसोलेसनमा देशभरि ९९१ रहेका छन् । पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित भएका जिल्लामा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, अछाम, पश्चिम रुकुम र मुगु रहेको छ ।