१४ बैशाख २०८१, शुक्रबार

बाग्मती प्रदेशसभा अनिश्चितकालसम्म स्थगित, कार्यालय खुल्नु अगावै सुचना जारी

bagmati province

आज दिउँसो २ बजे बोलाईएको बागमती प्रदेश सभाको बैठक फेरी पनि स्थगित भएको छ । बैठक अर्को सूचना नआए सम्मको लागि स्थगित भएको छ । सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको सुचना बिहान ६:३० को आसपासमा सांसदहरुलाई जानकारी गराएका हुन ।

जारी सूचनामा “मिति २०७७ फागुन ५ गते बुधबार दिनको २ बजे बस्ने गरि निर्धारण गरिएको प्रदेश सभाको बैठकमा सभामूखज्यूले विशेष कारणले गर्दा अर्को सूचना नभए सम्मको लागि स्थगित गर्नु भएको व्यहोरा जानकारीको लागि निर्देशानुसार अनुरोध गर्दछु । नियम ६(३), प्रदेश सभा सचिव” भनिएको छ ।

पुस १० गते प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता गराएका थिए । आजको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव कार्यसूची रहेको थियो । साथै अन्य केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची समेत थियो ।

यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियोे ।