fbpx
२४ फाल्गुन २०७७, सोमबार

राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने

कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ । करिब रु १८ लाखको लागतमा धर्मशाला निर्माण हुने भएको छ ।

शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभयो । धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उहाँले बताउनुभयो ।

उहाँले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिनुभयो ।