४ बैशाख २०८१, मंगलवार

‘फुलबुट्टे सारी’ को लेजेण्डरी भर्जन सार्वजनिक

maxresdefault 3

‘फुलबुट्टे सारी’ बोलको गीत लेजेन्ड भर्जनमा सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठलेको स्वरमा तयार भएको गीत मंगलबार देवीथान युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय रहेकोको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ । यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए ।