२१ बैशाख २०८१, शुक्रबार

नेपाल इन्टरनेशनल फिल्म फेस्टिवलको तेस्रो संस्करण आउँदो फागुन १ देखि ५ सम्महुने

nir shah

नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिवलको तेस्रो संस्करण आउँदो फागुन १ देखि ५ सम्महुने भएको ।

राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै फेस्टिवलको बारेमा जानकारी गराइयो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह , वरिष्ठ फिल्मकर्मी नीर शाह , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , माननीय सांसद तथा गायिका कोमलओली , कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का , निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्मकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमा बोल्दै नीर शाहले निफले नेपालको प्रवर्धनमा समेत मदत गरेको बताउनु भयो ।

तेस्रो शृंखलामा प्रमुख सल्लाहकार रहनु भएका शाह दोस्रो शृंखलामा निर्णायक समितिको नेतृत्वकर्ता रहीसक्नु भएको छ । उहाले विदेशी जुरीले नेपाली फिल्म मार्फत नेपाललाई चिन्न र बुझ्नपाएको प्रसंग सुनाउदै यस किसिमका फेस्टिवलले नेपाली फिल्म मात्र नभई भूगोललाई पनि बुझाउन मदत गरेकोमा जोड दिनु भयो । यसैगरी राज्यमन्त्री मानन्धरले आफु नेपाली फिल्मसंग जोडिएकोले सहयोग गर्न सदैव तत्पर रहेको बताउनु भयो ।

उहाले नेपाली फिल्ममार्फत राष्ट्रियतालाई पनि विषयवस्तु बनाउदै दर्शक सम्मलान सुझाउनु भयो । यसैगरी फेस्टिवलका अध्यक्ष केपी पाठकले आफुहरुले नेपाली फिल्मसंगै विदेशी फिल्म कर्मीलाई एक साथ् ल्याउने बताउनु भयो ।

उनले यसपटक नेपाली फिल्म कर्मीकालागि डिजिटल मार्केटको सम्भाव्यतालाई मननगर्दै नेटफ्लिक्स प्रतिनिधि समेत आउने बताउनु भयो । बलिउडका प्रख्यात लेखक तथा निर्देशक प्रकाश झा यसै फेस्टिभलमा सहभागी हुन् नेपाल आउने भएका छन् । बलिउडमा प्याट्रोटिक फिल्म बनाउने निर्देशकमा पर्ने झाले वृतचित्र , छोटा फिल्मपनि निर्माण तथा निर्देशन गरेका छन् । ‘

विश्वका कथाहरुको कथ्य उत्सव’भन्ने नारा सहितआयोजना हुने फेस्टिवलमा कथानक फिल्मको निर्णायक मण्डलको नेतृत्व झाले गर्नेछन् । फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइनेछ । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६०० फिल्मले आवेदन दिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।