१४ बैशाख २०८१, शुक्रबार

पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

Dead

धनुषामा पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार मृत्यु हुनेमा मिथिला नगरपालिका–३ बस्ने ३५ वर्षीया दुर्गा बुलन तामाङ छन् ।

मिथिला नगरपालिका–४ जलाद पुल नजीक पूर्वपश्चिम राजमार्गमा पिकअप भ्यानको ठक्करबाट तामाङको मृत्यु भएको हो । पैदल हिँडिरहेका तामाङलाई गए राति ना२च १५४२ नंको पिकअपले भ्यानले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते तामाङको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको इप्रका ढल्केवरले जनाएको छ । ठक्कर दिने पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।