६ जेष्ठ २०८१, आईतवार

भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, २५ सयमै नेपाली युवालाई भारतीय कार्ड

aadhar card

तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ! भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ ।

स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । यसरी ठगिएका युवायुवती सुरक्षाका डरले खुलेर बाहिर आउन सकेका छैनन् । रोजगारीको लोभ देखाएर भारतसम्म पु¥याउने काम नेपालीबाटै हुन्छ । उनीहरुले गाउँघरका सोझा र बेरोजगार युवायुवतीलाई कपडा कम्पनीमा लुगा मिलाउने काम दिने भन्दै भारत पु¥याएर अलपत्र पार्ने गरेका छन् । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवायुवतीलाई ठगिरहेको खुलासा भएको छ ।

कम्पनीको भ्रमजालमा फसी ३५ हजार रुपैयाँ गुमाएका राजविराज नगरपालिका–१ डुमरी शिवथानका २६ वर्षीय राजेशकुमार यादव त्यहाँबाट भाग्न सफल भई घर आइपुगेपछि सो ठगी प्रकरणबारे पर्दाफास भएको हो । उनी बुधबार घर आइपुगे पनि अहिले ६ सय बढी नेपाली युवायुवती बन्धकमा रहेको उनले जानकारी दिएका छन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका गरी ६ सय यवायुवती बन्धक अवस्थामा रहेको र कम्पनीले घर फर्किन नदिएको उनले बताएका छन् ।

नेपाली युवायुवतीलाई जागिरका लागि भारतीय आधार कार्ड आवश्यक पर्ने भन्दै सोबापत प्रतिव्यक्ति २ हजार ५ सय, प्रवेश शुल्कबापत १ हजार ५ सय र आवास खर्चबापत १८ हजार गरी प्रतिव्यक्तिबाट २२ हजार भारतीय रुपैयाँ कम्पनीका सञ्चालकले असुल गरेको यादवको भनाइ छ । नेपाली युवायुवतीको विश्वास जित्न कम्पनीका सञ्चालकले रकम लिएको एक घण्टामै भारतीय आधार कार्ड बनाइदिने गरेको यादवले सुनाए ।

उनलाई कम्पनीका सञ्चालकद्वारा उपलब्ध गराइएको आधार कार्डमा भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लाको बासुदेवपुर निवासी भनेर उल्लेख छ । यस्तै, अन्य नेपालीको आधार कार्डमा पनि नाम सही भए पनि ठेगानामा भारतकै विभिन्न सहरको नाम उल्लेख छ ।

विस्तृत खबर राजधानी दैनिकमा छ ।

    सम्बन्धित समाचार...