१५ चैत्र २०८०, बिहीबार

एक गोलको अग्रता टिकाउन नसक्दा ३-१ ले हार्यो लिभरपुल

liverpool vs leicester

शनिबार भएको खेलामा लिभरपुल, लेस्टर सिटीसँग पराजित हुन पुगेको छ ।

निकैनै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलको लागी ६७ औँ मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहमद शलाहले गोल गरेका थिए । तर लिभरपुलका गोलकिपर र डिफेन्सको खराब निर्णयका कारण खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा ३ गोल खान पुग्यो ।

खेलको ७८ औँ मिनेटमा फ्रिकिकबाट जेम्स म्याडिसनले बराबरी गोल गरे भने खेलको ८१ औं मिनेटमा भार्डीले गोलकपिर एलिसन र डिफेन्डर ओजान आपसमा जुध्दा उक्त गल्तीको फाइदा उठाउँदै दोश्रो गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।

त्यसरीनै खेलको ८५ औं मिनेटमा बर्नेसले गरेको गोल खेलको अन्तिम गोल भएसंगै लेष्टरले खेल ३-१ ले जित्यो । यो जितसँगै लेष्टर ४६ अंक सहित लिगको दोस्रो स्थानमा छ भने लिभरपुल ४० अंकका साथ चौथो स्थानमा छ ।