२४ बैशाख २०८१, सोमबार

प्रचण्डले रेशम चौधरीलाई छिट्टै छुटाउने

prachanda maghe sankranti

माघी महोत्सवका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन।

resham chaudhary sworn 1

प्रचण्डले चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै तथा पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको स्मरण गराए ।

उनले अघि भने, ‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला ।’ चौधरीलाई ०७५ पुस १९ गते सांसदको सपथ खुवाइएको थियो।

थारु मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उनले बताए । माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पजि जेलमा रहेको भन्दै उनले भने, ‘हिजो जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरुलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’

आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले आफूले पहिचानको आन्दोलन नछाडेको दाबीसमेत गरे । आन्दोलन भनेको अहिलेसम्म कसैले नचढेको पहाड चढेको जस्तै भएको भन्दै उनले भने, ‘कोही नपुगेको उचाइमा पुग्न सिधै नाक अगाडि जान सकिँदैन । दायाँबायाँ गर्नुपर्छ ।’

उनले अघि भने, ‘आन्दोलनमा विश्राम लिएका छौं, चौतारीमा सुस्केरा मारिरहेका छौं । तर हामी आन्दोलनमा नै छौं ।’

प्रचण्डले ‘थारुहरुको मात्र होइन, सबैको झुटा मुद्दा खारेज गर्ने आन्दोलन जारी छ, तपाईंहरुले आवाज बुलन्द गर्दै जानुस्’ भन्दै आफ्नो सम्बोधन टुंग्याएका थिए ।