६ जेष्ठ २०८१, आईतवार

लब डायरिजको टिजर सार्वजनिक (भिडियो सहित)

love diaries

फागुनको २ प्रेम दिबसको अबसरमा दिनबाट प्रदर्शनमा आयने फिल्म लब डायरिजको टिजर सार्वजनिक गरिएको छ ।

सौरभ चौधरिको निर्देहनमा बनेको फिल्मको टिजरको थिम नै टाइटलप्रति केन्द्रित रहेको छ । प्रेमकथामा आधारीत रहेको फिल्मको टिजरमा फिलमका मुख्य कलाकार शुशिल श्रेष्ट र रुबिना थापाबिचको प्रेम रोमान्स र बिछोडलाइ देखाइएको छ ।

फिल्मको २ गित सार्वजनिक भएसँगै चर्चामा समेत रहेको छ । फिल्ममा शुसिल र रुबिनासँगै बिष्णु सापकोटा बिश्वजित रिमाल प्रकाश शाह लगायतको अभिनय रहेको छ । त्यसैगरी फिल्मको निर्मातामा बिनोद सापकोटा सह निर्मातामा सरोज तुलाधार छायाँकनमा सन्जय लामा र सम्पादनमा साहिल खान र मिलन श्रेष्ठको रहेको छन । फिल्म वितरणको जिम्मा उपत्यकामा रिच इन्टरटेनमेन्ट अन्तर्गत करण श्रेष्ठले र उपत्यका बाहिर जिजिए ग्रुप र एफडि कम्पनिले गर्देछन ।

बिभिन्न मितिमा पोष्टपोण्ड हुदै आएको यस फिल्मबाट अभिनेता शुसिल श्रेष्ठ निकै आशाबादीसमेत रहेका छन ।