१६ चैत्र २०८०, शुक्रबार

भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व प्रम खनाल

jhalanath

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारत जानुभएको छ । आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जानु भएको उहाँका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत जानु भएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उहाँ भारत जानु भएको हो । स्वकीय सचिव भट्टराईका अनुसार उहाँ आजै नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना हुनुभएको छ । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उहाँ स्वदेश फर्किनु हुने छ ।