१४ बैशाख २०८१, शुक्रबार

आईतबारबाट फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिदै

sano sansar

२००८ मा प्रदर्शन भएको फिल्म सानो संसार आईतबारबाट पुर्न प्रर्दशन हुने भएको छ । गतबर्षको चैत ११ बाट विश्वव्यापी माहामारिको रुपमा फैलिएको कोभिड–१९ पछि नेपाली फिल्म क्षेत्र राम्रो सँग प्रदर्शन हुन सकेको छैन ।

कोभिडको कारण करिब १० महिनादेखि बन्द रहेको फिल्म हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएको थियो ।

अनुमति पाएसँगै केही पुरानो र केहि नयाँ फिल्म प्रदर्शन भएतापनि फिल्म हलहरु चलाएमान बन्न सकेका छैनन । यस्तै अवस्थामा भएपनि पुन जोखिम मोलेर फिल्म सानो संसार प्रदर्शनमा ल्याउन लागिएको हो ।

“कोभिड–१९ को त्रासमा रहेका दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यले १३ बर्ष अगाडि प्रदर्शनमा आएको यस फिल्मलाई पुन प्रदर्शन गर्न लागिएको निर्माण टिमले बताएको छ ।

स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा बनेको यस फिल्मले दर्शकहरुको मन जितेको थियो ।

शहरिया युवापुस्तालाई समेटिएको फिल्मको कथा र गीतसंगीतलाई दर्शकहरुले निकै रुचाएका थिए । यस फिल्ममा कर्मा शाक्य, नम्रता श्रेष्ठ, बिनय श्रेष्ठ, नीर शाह, शुशिला रायमाझि, अर्जुन श्रेष्ठ, जीवन बराल लगायत कलाकारहरुको अभिनय रहेको थियो ।

कोभिड पछि प्रदर्शन भएको नयाँ तथा पुराना फिल्महरुले दर्शकलाई हलमा तान्न नसकिरहेको बेला १३ बर्ष अगाडि प्रदर्शनमा आएको यस फिल्म पुन प्रदर्शनमा आँउदा कस्तो जादु गर्ने हुन । फिल्म प्रदर्शनपश्चात नै थाहा हुनेछ ।