१४ बैशाख २०८१, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश वितरण गर्ने

Nepal Telecom

नेपाल दूरसञ्चार कम्पनीले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

मङ्गलबार आयोजित कम्पनीको बाह्रौँ वार्षिक साधारणसभाले गत आवको मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति थियो। उक्त सभाले गत आवको लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको हो।