१५ बैशाख २०८१, शनिबार

सडक डिभिजनका प्रमुखलाई विप्लव समूहका कार्यकर्ताले कालोमोसो दले

गथनगथगथनगथनथगथग

 सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन्।

उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर र साङ्लो पनि भेटिएको छ ।

चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पुष्टि गरेका छन् । प्रजिअ रिजालका अनुसार केहीबेर अघि चौधरीलाई कालोमोसो दलिएको हो । उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

चौधरीको यहाँबाट सरुवा भएपनि उनी सरुवा भएको ठाउँमा जान समेत अटेर गर्दै आएका छन् । उनको ठाउँमा निरज शाक्यलाई खटाइएको छ ।