१३ बैशाख २०८१, बिहीबार

बार्सिलोनाको नयाँ प्रशिक्षकमा पूर्व खेलाडी जाभी

Xavi Hernandez New Barcelona Coach

पूर्व खेलाडी जाभी हर्नाण्डेज बार्सिलोनाको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । पछिल्लो समय क्लबले खराब प्रदर्शन गर्न थालेपछि अर्नेस्तो भाल्भार्डेलाइ हटाउँदै जाभीलाइ नयाँ प्रशिक्षक बनाएको हो ।

हर्नाण्डेज बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । १७ वर्षे करियरमा उनले २५ वटा उपाधि जितेका थिए । उनी बार्सिलोनामा यो सिजनको अन्तिममा आउने की अगाडी नै भन्ने क्लबले चाँडै बताउनेछ ।

दुई दिनअघि स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि भाल्भार्डेको चर्को बिरोध हुन थालेको छ भने जाभीलाई नियुक्त गर्ने चर्चा पनि चल्न थालेको थियो ।

स्पेनिस सुपर कपमा पराजित हुनअघि बार्सिलोना ला लिगामा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

जाभीले बार्साका स्पोर्टिङ डाइरेक्टर इरिक अबिदल र प्रमुख कार्यकारी ओस्कार ग्राउसँग भेट गरेका थिए । जाभीले कतारी क्लब अल सादको प्रशिक्षण सम्हालिरहेका थिए । बार्साका पदाधिकारीहरु उनलाई भेट्न कतार नै पुगेका थिए ।