१३ बैशाख २०८१, बिहीबार

प्रियंका चोपडाको घर किनिन् ज्याकलिनले

Priyanka Chopra Jacqueline Fernandez House

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसले घर किनेकी छिन् । उने बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घर किनेकी हुन् ।

ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन्, जुन घर मुम्बईको जुहूमा रहेको थियो । प्रियंका र निक जोनसले २०१८मा यसै घरमा विवाह गरेका थिए ।

घरको नाम कर्मयोग हो । घरको मुल्य ७ करोड बताइएको छ । घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ ।

समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन् । मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो । त्यो अहिले पुरा भएको हो ।

ज्याकलिन पछिल्लो समय शिरीष कुन्द्राको वेब सीरीज मिसेस सीरियल किलरमा देखिएकी थिइन् ।

यो सीरिज ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । उनी छिट्टै फिल्म ‘बच्चन पाण्डे’, ‘भुत पुलिस’ र ‘सर्कस’ समेत देखिनेछिन् ।