१५ चैत्र २०८०, बिहीबार

सेयरका कारण ‘सूर्यवंशी’को प्रदर्शनमा अन्योलता

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिकामा निर्माण भएको फिल्म ‘सूर्यवंशी’का निर्माताले हलवालासँग अत्यधिक सेयर मागेका छन्।

लकडाउनले थलिएको फिल्मी बजार यहि फिल्मका कारण हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यसैले पनि हलवाला यो फिल्म प्रद्रर्शन गर्नका लागि आतुर देखिएका छन् । लकडाउनमा हलवाला तथा फिल्मीकर्ता मारमा परेको भन्दै भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएको छ। जसका कारण पनि निर्माता र प्रदर्शक उत्साहित देखिएका छन् ।

पटक पटक प्रदर्शन मिती तोकिएको फिल्म ‘सूर्यवंशी’ प्रदर्शन गर्नका लागि अव भने निर्माता रोहित सेट्टी र रिलायन्स इन्टरटेन्मेन्ट तयार भएका छन् । उनीहरुले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग गरेका छन् । यस्तै, चलचित्र रिलिज भएको ४ सातापछि ओटीटी प्लेटफर्ममा रिलिज गर्न पाउनुपर्ने शर्त पिन अगाडि सारिएको छ । यो सर्तका लागि प्रदर्शक र निर्माताविच कुरा मिलेको छैन ।

प्रदर्शकहरु फिल्म रिलिजको ४ सातापछि ओटीटी रिलिजका लागि तयार भएको बुझिएको छ भने ७० प्रतिशत शेयर दिन भने आकाकानी गरेका छन्। निर्माताले ७० प्रतिशत शेयर राख्न पाउनुपर्ने माग गरेपछि फिल्मको प्रदर्शन मिती अन्योलमा परेको छ। आगामी अप्रिल २ तारिखबाट रिलिज हुने भनिएको फिल्म रिलिज हुने नहुनेमा निश्चित हुन सकेको छैन।

यता प्रदर्शकहरु ७० प्रतिशत शेयरको मागले आफूहरुलाई अन्यायमा परेको बताउँछन् । लकडाउन अगाडि निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत शेयर प्राप्त गर्दै आएका थिए । फिल्मका निर्माताले भने लकडाउनको समयमा ओटीटी प्लेटफर्ममै रिलिज नगरेर हलमा नै रिलिज गर्न पर्खिएको भन्दै हलवालासँग ७० प्रतिशत शेयरको मागलाई जायज रहेको बताएका छन् ।