६ बैशाख २०८१, बिहीबार

हलिउ अभिनेता क्रिस्टोफर प्लमरको निधन

christopher plummer

ओस्कर अवार्ड विजेता हलिउड क्यानडियन अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ। अभिनेता म्यानेजर लो पिटले अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको पुष्टि गरेका हुन् ।

५० वर्ष भन्दा लामो समय फिल्म क्षेत्रमा विताएका अभिनेता क्रिस्टोरफरको शुक्रबार निधन भएको हो। एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट सम्मानित भइसकेका उनी सन् १९७० बाट फिल्म क्षेत्रमा लागेका थिए।

उनको फिल्म द साउन्ड अफ म्यूजिक निकै चर्चित छ । विश्वमा नै वेस्ट म्युजिकल फिल्म मानिएको यस फिल्ममा उनले क्याप्टेन वन ट्र्यापको भूमिका निभाएका थिए ।

यस बाहेक क्रिस्टोफरले द इन्साइडर, अ व्युटिफूल माइन्ड, द लास्ट स्टेसन लगायतका चर्चित फिल्महरूमा काम गरेका थिए ।

यसका साथै सन् २०१२ मा फिल्म विगिन्नरा उनले ८२ वर्षको उमेरमा अभिनय गरेका थिए। जसका लागि उनलाई सर्पोटिङ एक्टरको अवार्ड मिलेको थियो।

उनले आफ्नो फिल्म यात्राको सधै साइड रोलको भूमिका निर्वाह गर्न रूचाउँदै आएका थिए। तर,पनि उनलाई मुख्य भूमिकामा देखाईदैं आएको थियो।

    सम्बन्धित समाचार...