११ बैशाख २०८१, मंगलवार

भारतीय मालवाहक सवारी रोक लगाउन माग

indian trucks

रतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् ।

विराटनगर ट्रक व्यवसायी संघको २९ औं साधारण सभा तथा १५ औं अधिवेशन कायईक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालवस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढंगले सञ्चालनमा आउँदा नेपाीको रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । ~ गोरखापत्र दैनिक