१६ चैत्र २०८०, शुक्रबार

आङ साङ सुकीलाई नजरबन्दमा राखिएको जानकारी

Aang Sang Suki large

म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।

उहाँका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्नुभएको छ, “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।”

मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भन्नुभयो ।